tia logo

विमानस्थलमा यात्रुहरुलाई फ्रि वाइफाई ( WiFi ) सुविधा उपलब्ध छ । यात्रुहरुले फ्रि वाइफाइ लिइ !!Free_CAAN_WorldLink_WiFi !! मा क्लिक गरी इन्टरनेटको सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

यात्रुवर्गको सुविधाको लागि विमानस्थल टर्मिनल प्रवेश क्षेत्रको क्यानोपी क्षेत्रमा रहेको विमानस्थल कार्यालयको सहायता कक्ष (Help Desk र प्रहरी सूचना कक्ष एअरलाइन्स चेकइन B क्षेत्रमा रहेको सुचना कक्ष, प्रस्थान क्षेत्रमा रहेको सहायता कक्ष, आगमन क्षेत्रमा रहेको आगमन सहायता कक्ष, भन्सार सहायता कक्ष, नेपाल एअरलाइन्सको ब्यागेज सहायता कक्ष एवं पर्यटक प्रहरी कक्षमा सम्पर्क गर्न सकिने छ ।

ह्वील चेयरहरु विमानस्थलमा उपलब्ध छन् । यो सुविधाको लागि तपाईले सम्बन्धित वायुसेवा कम्पनीसंगसम्पर्क गर्न सक्नुहुनेछ । सहायताको लागि नजिकै रहेको Help Desk (सहयाता कक्ष) मा सम्पर्क गर्न सकिनेछ ।

छ। यो सुविधाको संचालन, अध्यागमन पश्चात र अन्तिम सुरक्षा जांच अगाडि रहेको क्षेत्रमा होटल सोल्टी र होटल रेडिसनले अलग अलग गरेका छन् ।

विमानस्थलको एअरलाइन्स चेकइन र अध्यागमनमा बिजनेश क्लास यात्रुका लागि छुट्टै लाइन, डेस्क / काउण्टरको व्यवस्था गरिएको छ ।।

छ । विमानस्थल टर्मिनल प्रवेशको सुरक्षा जाँच, एअरलाइन्स चेकइन, अध्यागमन, अन्तिम सुरक्षा जाँच र प्रस्थान कक्षमा अलग्गै बस्ने प्रबन्ध मिलाइएको छ । साथै फरक क्षमता भएकाका लागि अलग्गै शौचालय कक्षको समेत व्यवस्था गरिएको छ ।।

यस विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलको प्रस्थान कक्षमा शिशु स्याहार कक्ष (शिशु स्तनपानकक्ष) को सुविधा रहेको छ । आमाहरुले चाहेमा यस कक्षमा गएर शिशुलाई स्याहार गर्न सक्ने छन्।

अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन तर्फको अध्यागमन क्षेत्रमा CIP कक्षको सुविधा उपलब्ध छ । यो सेवा लिन इच्छुक व्यावसायिक महत्वका तथा विभिन्न संघ संस्थाबाट सिफारिश गरिएका विशिष्ट व्यक्तिहरु (Commercial Important Person CIP) ले कार्यालयको नियमानुसार स्विकृत कार्यविधि बमोजिम सःशुल्क यो सुविधाको उपभोग गर्न सक्दछन् । सेवाका लागि सेवा प्रदायक सँग सम्पर्क गर्नुहोस।

छ। विमानस्थलको आगमन तर्फको अध्यागमन क्षेत्रमा एउटा र भन्सार पछिको क्षेत्रमा एउटा वटा मुद्रा सटही काउन्टर र आगमन तर्फको अध्यागमनमा एउटा ATM तथा प्रस्थान तर्फ चे गर्नु पूर्वको क्षेत्रमा १ वटा ATM गरि जम्मा २ वटा ATM मेशिन रहेका छन् । विमानस्थल परिसर समेत व्यवस्था छ ।

विमानस्थलमा भएका सबै पसलहरुमा Master Card, Visa Card र American Express Card स्विकार हुन्छ ।

विमानस्थलको टर्मिनलबाट बाहिरिए पछि ३/४ मिनेटको हिडाईको दुरीमा साथै ४ किलोमिटर टाढा शहरमा आवासको लागि होटलको सुविधा उपलब्ध छ । होटल बुकिङ्ग तथा यस सम्वन्धि जानकारी होटलको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

यस विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रवेशद्वार 'Al' तर्फ वैदेशिक रोजगारीमा जाने यात्रुहरुलाई यात्रु प्रतिक्षालयको सुविधा उपलब्ध छ । प्रस्थान गर्ने यात्रुहरुले प्रस्थान गर्ने समय अगावै १२ घण्टासम्म उक्त कक्षमा विश्राम गर्न सक्ने छन् । कहिलेकाहीं सुरक्षा तथा अन्य कारणहरुले गर्दा उक्त कक्ष यात्रुहरुलाई प्रयोगमा निषेध गर्न पनि सकिनेछ ।

प्रस्थान तर्फ चेकिङ्ग क्षेत्र प्रवेश गर्नु पूर्वको क्षेत्र (क्यानोपी) मा लगेज / व्यागेज वजनको लागि निःशुल्क एउटा वजन गर्ने मेसिन रहेको छ । सहयोगको लागि नजिकैको सहायता कक्ष ( Help Desk ) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विमानस्थलको प्रस्थान तर्फको चेकिङ्ग क्षेत्र 'B' तर्फ लगेज / व्यागेज Wrapping गर्ने सुविधा सःशुल्क उपलब्ध छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको अन्तिम प्रस्थान कक्षमा धुम्रपान कक्षको व्यवस्था गरिएको छ । नेपाल सरकारको नियमानुसार सार्वजनिक स्थलमा धुम्रपान गर्न सख्त मनाही छ ।

आकस्मिक उपचारको लागि विमानस्थलमा अनुभवि चिकित्सक र नर्स सहितको सुविधा उपलब्ध छ । काठमाडौं मेडिकल कलेज (KMC ) र ह्याम्स (HAMS) अस्पतालको सहयोगमा विमानस्थल कार्यालयले विमानस्थल सञ्चालन अवधि भरि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा यो सुविधाको व्यवस्था मिलाएको छ । विमानस्थलमा आकस्मिक उपचारको लागि एम्बुलेन्स सेवा समेत उपलब्ध छ ।

यात्रुहरुलाई हुलाक सेवाको सुविधा दिनको लागि विमानस्थलको चेकिङ्ग क्षेत्र 'B' तर्फ हुलाक कार्यालय रहेको छ ।

पर्दैन । व्यागेज ट्रलि यात्रुहरुको सुविधाको लागि राखिएको हो र यो निःशुल्क प्रयोग गर्न पाईन्छ ।

उनीहरु भरिया होइनन् । उनीहरु ट्रलिका संकलनका लागि राखिएका कर्मचारीहरु हुन्। जे भएपनि उनीहरुले आवश्यक परेको बखत निःशुल्क सहयोग गर्दछन् ।

शारीरिक रूपमा अशक्त व्यक्तिहरुले टिकट लिने वा बुकिङ्ग गर्ने समयमा सहयोगको लागि अनुरोध गर्नुपर्दछ र कम्तिमा ४८ घण्टा अगाडी वायुसेवा कम्पनीलाई आवश्यक सहयोगको लागि जानकारी गराउनु पर्दछ । Wheelchair का लागि प्रस्थान गर्ने समयमा टर्मिनल प्रवेश क्षेत्रमा रहेको सहायता कक्ष (Help Desk) मा वा नेपाल वायुसेवा निगमका कर्मचारीहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ ।


विमानस्थलमा यात्रु विदाईका लागि आउनुहुने आफन्तजन र साथीभाईहरु जम्मा हुने स्थान साँघुरो भएकोले विदाईका लागि आउन निरुत्साहित नै गरिएको भएता पनि वढीमा ३ जनासम्म विदाईका लागि आउन सकिन्छ । यस सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि सूचना समेत जारि गरिएको छ ।

विदेशबाट आउनुहुने यात्रुहरुलाई अन्तर्राष्ट्रिय टर्मिनलको आगमन क्षेत्रवाट आफन्तहरुले स्वागत गर्न सक्नेछन् |

गर्भवती महिला सामान्य अवस्थामा विमानबाट यात्रा गर्दा सुरक्षित नै हुन्छ । जे भएपनि यात्रा गर्नुपूर्व चिकित्सक तथा उडान गर्ने वायुसेवा कम्पनिसँग यस विषयमा सोधपुछ गर्दा राम्रो हुन्छ ।

सकिन्छ । तर यसको लागि चिकित्सकले स्विकृत गरेको कागजात (Prescription) आफुसँग लग्नु पर्दछ । साथै सुगर, प्रेसर जस्ता रोग लागेका व्यक्तिहरुले यात्राको क्रममा विमान भित्र खानुपर्ने औषधि अग्रिम सूचना दिई आफुसंगै लिएर जान सकिन्छ । यस सम्बन्धमा थप जानकारीको लागि आफु यात्रा गर्ने वायुसेवा कम्पनीसँग अग्रिम सम्पर्क गर्नुहोस ।

उडानमा नावालिग बच्चा (५ देखि १२ वर्ष सम्म) मात्र पठाउँदा Check-in गर्नु पूर्व बुवाआमा वा अभिभावकले सम्बन्धित वायुसेवा कम्पनिलाई बच्चा जिम्मा लगाउन पर्दछ । यसको लागि वायुसेवा कम्पनीलाई थप शुल्क तिर्नुपर्नेछ, साथै यसको लागि एउटा फारम पनि भर्नु पर्नेछ । यो शुल्क वायुसेवा कम्पनी अनुसार फरक फरक हुनसक्छ । नेपाल वायुसेवा निगमको हकमा यो शुल्क यु एस डलर १००/- तोकिएको छ । यदि आफन्तसँग पठाउने भए बच्चाको नीज आफन्तसँग बडा कार्यालयबाट सिफारिश सहित नाता खुलेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । साथै १२ वर्ष भन्दा माथिको बच्चाको हकमा बच्चालाई अध्यागमन कार्यालयको स्विकृतिमा पठाउन सकिनेछ । यसको वारेमा थप जानकारीको लागि यात्रा गर्ने वायुसेवा कम्पनीलाई सम्पर्क गर्नुहोस ।

आफ यात्रा गरेको वायुसेवा कम्पनीको कर्मचारीलाई सम्पर्क गरी सामान लिने क्षेत्र छोडनु अगावै गुनासो दर्ता गर्ने । यस्तो अवस्थामा वायुसेवा कम्पनीले सहयोग गर्नु उनीहरुको दायित्व भित्र पर्दछ । यसका लागि भन्सार आगमनको व्यागेज बुक्ने स्थानमा रहेको नेपाल एयरलाईन्सको काउन्टरका साथै आफु यात्रा गरेको वायुसेवा कम्पनीमा सम्पर्क गर्नुहोला ।

हरेक वायुसेवा कम्पनीको लगेज लग्ने सम्बन्धमा गन्तव्य हेरेर आ-आफ्नो नियम छ । कृपया यात्रा गर्नुपूर्व हवाई टिकटमा लेखिएका शर्तहरु पढ्नुहोस वा टिकट काटेको ट्राभल एजेन्सि वा सम्बन्धित वायूसेवा कम्पनीलाई सम्पर्क गर्नुहोस र आफु जाने गन्तव्यसम्म लग्न पाउने लगेजको तौल र संख्या बारे जानकारी लिनुहोस ।


VIP महानुभाव काे सवारी नेपाल नागरिक उड्डयन प्राधिकरण बाट स्वीकृत कार्यविधि अनुसार नेपाल सरकार बाट स्वीकृत मर्यादाक्रम अनुसार नेपाल सरकार का सचिव वा सो सरहको विशिष्ट श्रेणी को अधिकृत भन्दा माथि का महानुभाव हरु ले VIP कक्ष प्रयोग गर्न पाउने हालको व्यवस्था रहेको ले उहाँहरूकाे सवारी आन्तरिक विमानस्थल निषेधित क्षेत्र काे VIP कक्ष/विमान पार्किंग स्थल मा प्रवेश गर्नु पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय काे वेबसाइट https://www.tiairport.com.np/vip-form मा रहेको फर्म भरेर सवारी प्रवेश पास लिई सुरक्षाका मापदण्ड पालना हुने गरी प्रवेश गर्न सकिने व्यवस्था छ।

मोबाईल/ ल्यापटप चार्जर, पावर ब्याङ्ग आफुसँग Hand Carry मा लग्न सकिन्छ । पावर व्याइलाई चेक इन लगेज (Hold Baggage ) मा लान पाइदैन ।

यात्रुहरुले १०० मि.ली. सम्म तरल पदार्थ (जस्तै Parfume, Cream / Lotion, Shampoo ) सिल्ड प्याक गरी लग्न सकिन्छ । तर १०० मि.ली. भन्दा बढी लगेको पाईएमा आन्तरिक सुरक्षा जाँचमा जफत गरिनेछ ।

पाइदैन । हवाई सुरक्षा या उड्डयन सुरक्षाको दृष्टिकोणले विमानमा बाहिरबाट वा विमानस्थल भित्र समेत किनेका सिल्ड प्याक पानी लग्न पाईदैन । त्यसरी किनेका पानी विमानमा चढ्नु पूर्व प्रयोग गरि सक्नुपर्नेछ ।

यात्रुहरुलाई मुल्यवान बस्तुहरु चेकइन लगेजमा राखि यात्रा गर्न अनुमति छैन तर भन्सार कार्यालयलाई र वायुसेवा कम्पनीलाई जानकारी गराई पूर्व स्विकृती पश्चात ह्याण्ड व्यागेजमा आफुसंग लग्न सकिनेछ ।

• हातहतियार तथा विस्फोटक पदार्थहरु पिस्तोल, गोली तथा गोलिका खोका, बन्दुक, गोला बारुद्ध, बम आदी ।
• तेलजन्य पदार्थहरु : घ्यू, खानेतेल, मह अचार (व्यक्तिगत प्रयोजनको लागि गन्तव्य मुलुकको नियमानुसार) |
• सूर्तीजन्य पदार्थहरुः सबै प्रकारका खैनी, सूर्ती (व्यक्तिगत प्रयोजनको लागि गन्तव्य मुलुकको नियमानुसार ।
• मासुजन्य पदार्थहरु मासु सुकुटी, मासुवाट बनेका अचार आदि (व्यक्तिगत प्रयोजनको लागि गन्तव्य मुलुकको नियमानुसार।
• विकिरणधर्मी बस्तुहरु ।
• वीष तथा किटनाशक पदार्थहरु ।
• रासायनिक तथा जैविक पदार्थहरु ।
• कम्प्रेस्ड ग्यास, एसिड, पारो
• नक्कली मुद्रा ।
• पुराना र पुरातात्विक महत्वका वस्तुहरु ।
• नेपाल सरकारको प्रचलित कानुनले प्रतिबन्ध गरेका अन्य मालसामानहरु ।

यात्रुको उमेर, स्वास्थ्य अवस्था हेरेर आफुसंग प्रयोगमा रहेको सहयोगी उपकरण (जस्तै: ह्वीलचेयर, वैशाखी, लौरो इत्यादी) लिएर जान सक्नुहुन्छ । तर यसको लागि आफुले यात्रा गर्ने सुरक्षाकर्मी तथा वायुसेवा कम्पनीलाई पूर्व जानकारी गराइ अनुमति लिनु पर्ने हुन्छ ।

एक थान ल्यापटप कम्प्युटर, ट्यावलेट, किण्डल र मोबाईल आफुसंगै ह्याण्ड क्यारीमा लग्न सकिन्छ तर अन्तिम सुरक्षा जाँचको दौरान सुरक्षाकर्मीले यी सामानहरु ह्याण्ड क्यारीबाट झिकी X-Ray मेसिनबाट छुट्टाछट्टै जांच गराउनु भन्न सक्नेछन् ।

विमानबाट यात्रा गर्ने यात्रुहरु वाक थ्रू मेटल डिटेक्टर गेट हुँदै जानु पर्नेछ । तर स्वास्थ्यको कारण शरीरमा पेस मेकर लगाउनु भएका यात्रुहरुले उक्त स्थानमा रहेका सुरक्षा प्रहरीलाइ पेस मेकर वारे जानकारी गराई वाक थ्रु मेटल डिटेक्टर गेट प्रयोग नगरी हाते सुरक्षा जाँच गर्नका लागी अनुरोध गर्न सक्नु हुनेछ ।

विमानस्थलमा रहेको करयुक्त पसलबाट मदिरा किन्न र गन्तव्य मुलुकको नियमानुसार लग्न सकिन्छ । तर यस्तो मदिराको बोतल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड अनुसार सिल्ड प्याक गरी राखिएको हुनुपर्दछ ।

यात्रुहरुले गन्तव्य मुलुकको नियमानुसार मंदिरा लिएर जान सक्दछन् ।

पाल्तु जनावर विमानबाट लैजाने सम्बन्धमा प्रत्येक वायुसेवा कम्पनीको आ-आफ्नै नियम छ । यस बारे टिकट बुकिङ्ग गर्ने समयमा टिकट बुकिङ्ग एजेन्ट वा वायुसेवा कम्पनीलाई सम्पर्क गर्नुहोस ।


प्रस्थान गर्ने यात्रुहरुलाई मात्र अन्तर्राष्ट्रिय टर्मिनल अगाडी सवारी साधनबाट ओहाल्न पाईन्छ । तर अन्तर्राष्ट्रिय टर्मिनलको अगाडीको यात्रु ओहाल्ने ठाउंमा कुनैपनि निजी वा भाडाका सवारीसाधनलाई पार्किङ्ग निषेध गरिएकोले उक्त ठाउमा पार्किङ्ग गरेको पाईएमा उक्त सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना गर्न सक्नेछन् । विशिष्ट तथा कुटनैतिक व्यक्तिहरुको हकमा अन्तर्राष्ट्रिय टर्मिनल भवनको अगाडी अलग्गै पार्किङ्ग सुविधाको व्यवस्था मिलाइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको नयाँ आगमन तर्फ ट्याक्सी वा निजी सवारी साधनको लागि सःशुल्क पार्किङ्गको सुविधा उपलब्ध छ । साथै प्रस्थान तर्फ अपरेशन भवनको अगाडी तर्फ र आन्तरिक टर्मिनल तर्फको पार्किङ्गमा पनि आफ्नो आवश्यकतानुसार सवारी साधन सःशुल्क पार्किङ्ग गर्न सकिन्छ ।
आफन्तजनको पिकअपका लागि आउनु भएकाको हकमा पार्किङ्ग संचालकले पिकअप प्रयोजनका लागि ५ मिनेट सम्मको पार्किङ्ग शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शहरसंगै जोडिएको छ । यात्रुहरुले ट्याक्सी सिटीबस वा निजी सवारी साधन मार्फत विमानस्थल आउन सक्नु हुनेछ ।

अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तरिक टर्मिनल करिव ५०० मीटरको दुरीमा उत्तर तर्फ रहेको छ । यात्रुहरु पैदल वा सटल बसको माध्यमद्वारा आन्तरिक टर्मिनल पुग्न सक्दछन् । सटल बस प्रत्येक २० मिनेटमा आन्तरिक टर्मिनलबाट गोल्डेन गेट, अन्तर्राष्ट्रिय आगमन, अन्तर्राष्ट्रिय टर्मिनल हुँदै पूनः आन्तरिक टर्मिनल पुग्दछ । सहयोगको लागि त्यस क्षेत्रमा उपस्थित सुरक्षाकर्मीलाई सोध्नुहोस् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देहाय बमोजिमको टर्मिनलहरु रहेका छन्:
• अन्तर्राष्ट्रिय टर्मिनल प्रस्थान र आगमन)
• आन्तरिक टर्मिनल (प्रस्थान र आगमन)
• कार्गो टर्मिनल

यात्रा गर्ने दिन कुनैपनि समयमा अन्तर्राष्ट्रिय टर्मिनल भित्र प्रवेश गर्न सकिन्छ । तर टर्मिनल सानो र साँघुरो भएकोले सामान्यतया उडान गर्ने समयको ३ घण्टा अगाडि प्रवेश गर्न सकिन्छ । साथै उड़ान समयको ३ घण्टा अगावै टिकट चेकिङ्ग काउण्टर खुल्ने र १ घण्टा अगाडि बन्द हुने भएकोले सोही बमोजिम टर्मिनल भित्र प्रवेश गरिसक्नु पर्नेछ ।

प्रस्थान तर्फ टर्मिनलमा देहाय बमोजिमको व्यवस्था गरिएको छ ।

चेकिङ्ग क्षेत्रमा प्रवेशको लागि Canopy क्षेत्रमा ४ वटा प्रवेशद्वारहरु (A1. A2, B1, B2) रहेका छन् । प्रवेशद्वारमा बसेका सुरक्षा प्रहरीलाई आफ्नो टिकट र राहदानी देखाई कुनैपनि प्रवेश द्वारबाट प्रवेश गर्न सकिन्छ ।

चेकिङ्ग क्षेत्रलाई दुई भाग A र B क्षेत्रमा बाडिएको छ । क्षेत्र A मा A01 देखि A013 सम्म र क्षेत्र B मा B01 देखि B21 सम्म गरि जम्मा ३४ वटा टिकट चेकिङ्ग काउण्टरहरु उपलब्ध छन् । यात्रुहरुले आफ्नो टिकट चेकिङ्ग गर्ने काउन्टर सम्बन्धी जानकारी A र B Block मा राखिएका Display बाट प्राप्त गर्न सक्दछन् । साथै Self Check-in KIOSK मेशिन प्रयोग गरेर आफैं टिकट जाँच (Check-in ) गर्ने सुविधा पनि उपलब्ध छ र यो सुविधा हाल मलेसियन एयरलाईन्समा मात्र उपलब्ध छ । यात्रुहरुलाई टिकट Check-in काउण्टरमा भीडभाड नवढाउन तथा छिटोछरितो टिकट चेकजांच गर्न KIOSK मेशिनको प्रयोगलाई प्रोत्साहन गरिन्छ ।

प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा जम्मा १४ वटा अध्यागमन डेस्क ( Counter) हरु रहेका छन् । एउटा डेस्क VIP / कुटनैतिक, अफिसियल, प्राथमिकता प्राप्त यात्रु (वृद्ध, बच्चा, अशक्त, गर्भवती महिला, फरक क्षमता भएका र Business Class Passenger हरुको लागि छुट्याईएको छ । यात्रुहरुलाई सामाजिक दुरी कायम गर्न तथा पंक्तिबद्ध गर्न क्यू-बार (Q-Manager) हरु राखिएका छन् ।

यात्रुहरुलाई विमानमा बोर्डिङ्ग गर्ने प्रयोजनार्थ ७ वटा बोर्डिङ्ग गेटको व्यवस्था गरिएको छ । यात्रुहरुलाई आफ्नो बोर्डिङ पासमा उल्लेख गरिएको बोर्डिङ्ग गेट नम्बर अनुसारको नजिकको स्थानमा राखिएका कुर्सीमा बस्नका लागि वा बोर्डिङ्ग पासमा बोर्डिङ्ग गेट नम्बर उल्लेख नगरिएको हकमा वायुसेवा कम्पनीका कर्मचारीहरुले गरेको उद्घोषण (Announce ) लाई समेत गम्भिरतापूर्वक ध्यान दिन अनुरोध गरिन्छ ।


नाइजेरिया, घाना, जिम्वाब्वे, स्वाजीलैण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, सिरिया, इराक, प्यालेस्टाइन र अफगानिस्तान ।

अध्यागमन कार्यालय त्रिअवि मा अनलाइन भिषा फारम भर्ने KIOSK मेसिन राखिएका छन् । उक्त मेशिनको सहायताले फारम भर्न सकिन्छ । भिषाको लागि तोकिएको दस्तुर सोहि क्षेत्रमा रहेको बैंकमा बुझाउनुहोस् र अनलाइन फारम बैंकमा पैसा तिरेको भौचर सहित अध्यागमन अधिकृत रहेको भिषा डेस्कमा जानुहोस् । अध्यागमन अधिकृतले कागजात छानविन गरी तपाईंलाई प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिषा जारी गर्नेछन् । पर्यटक भिषा बाहेक अन्य भिषा प्रवेश विन्दुबाट जारी गरिदैन ।

अध्यागमन कार्यालय, त्रि.अ.वि. लगायत प्रवेश विन्दुबाट जारि गरिने सबै भिषाहरु बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषा हुन् ।

१० वर्ष मुनिका बच्चाहरुको लागि भिषा शुल्क लाग्दैन ।

तपाईले आफुलाई पायक पर्ने विदेश स्थित नेपाली दुतावास वा कुटनैतिक नियोगमा सम्पर्क राखि भिषा लिएर नेपाल आउन सक्नुहुन्छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले भारतीय पासपोर्ट वा निर्वाचन आयोगबाट जारी गरिने मतदाता परिचय पत्रबाट मात्र नेपाल प्रवेश गर्न सक्नेछन् । अभिभावकको साथमा आएका १८ वर्ष मुनिका बालबालिकाको लागि भने विद्यालयको जन्मदर्ता खुल्ने आधिकारिक परिचयपत्र वा जन्म दर्ता पेश गर्नु पर्नेछ |

हवाई उडानबाट भारत जाने नेपाली नागरिकले नेपाली पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र वा निर्वाचन आयोगबाट जारी गरिने मतदाता परिचय पत्रबाट मात्र भारत प्रवेश गर्न सक्नेछन् । साथै अभिभावकको साथमा जाने २ वर्ष सम्मका नाबालिकको लागि जन्म दर्ता प्रमाणपत्र र २ वर्ष माथि १८ वर्ष मुनिका बालबालिकाको लागि भने विद्यालयको जन्ममिति खुलेको आधिकारिक परिचयपत्र वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिक परिचयपत्र पेश गर्नुपर्नेछ ।


श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका लगातार कम्तीमा १२ महिना काम गरी नेपाल फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको व्यक्तिले जुनसुकै आकार वा प्रकारको र त्यस्तो कोषमा सूचीकृत नभएकोमा ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै भन्सार महसुल लाग्दैन तर १२ महिना नबसी साथमा ल्याएको कुनै पनि टिभी वा अध्ययन तथा भ्रमणबाट फर्कदा ल्याएको टिभीमा नियमानुसार भन्सार महशुल लाग्छ ।

विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल साथमा ल्याउदा भन्सार तिर्नु पर्दैन । नेपाल सरकारको श्रम स्वीकृतिमा वैदेशिक रोजगारीबाट लगातार कम्तीमा ६ महिना भन्दा बढी काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन सक्नु हुनेछ । तर यस्तो मोवाइलका लागि भन्सार कार्यालयमा घोषण गरी भन्सार प्रक्रिया भने पुरा गर्नु पर्दछ । थप जानकारीको लागि www.customs.gov.np मा हेर्न सक्नु हुनेछ ।

सुनका गहनाको हकमा महिलालाई ५० ग्राम सम्ममा र पुरुषलाई २५ ग्राम सम्ममा कुनै भन्सार महसुल लाग्दैन । सो भन्दा बढी २०० ग्राम सम्मको सुनको गहना महसुल तिरी ल्याउन पाइन्छ । तर, पुरुषको हकमा २२५ ग्राम र महिलाको हकमा २५० ग्राम भन्दा बढी सुनको गहना साथमा बोकेमा बढी भएजति सबै जफत हुनेछ । यस्तै, काँचो सुनको हकमा अधिकतम १०० ग्राम सम्म महसुल तिरेर ल्याउन पाइन्छ । सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औठी, बाला, सिकि जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको रुपमा मान्यता दिइएको छैन ।

• थप १०० ग्राम सुनका गहना साथमा ल्याउँदा प्रचलित दर बमोजिम महसुल लाग्नेछ ।
• त्यस भन्दा थप १०० ग्राम सुनका गहनाहरुमा प्रचलित दरमा थप ३ महसुल लाग्नेछ । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाईएको बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरेका बस्तुलाई गहनाको रुपमा मान्यता दिइने छैन ।

• ५० ग्रामसम्म प्रचलित दर बमोजिम महसुल लाग्ने ।
• त्यसभन्दा थप ५० ग्रामसम्मा प्रचलित दरमा थप ३% महसुल लाग्ने । थप जानकारीको लागि www.customs.gov.np मा हेर्न सक्नुहुनेछ ।

नेपाली नागरिकले नेपाल फर्कदा कुनै पनि प्रकारको १ लिटर सम्मको १ बोतल मंदिरा साथमा ल्याउन पाइन्छ ।

कुनै पनि प्रकारका उपहार पठाउँदा त्यस्तो वस्तुहरुमा नियमानुसार भन्सार महसुल लाग्नेछ । आफ्नो भन्दा बाहेक अरु व्यक्तिको मालवस्तु बोकेर आउँदा वा उपहार ल्याउँदा अनिवार्य रुपमा उक्त वस्तु के हो भन्ने बुझेर मात्र साथमा ल्याउनु होला । कुनै कारणवश प्रतिबन्धित वस्तु साथमा भेटिएमा साथमा ल्याउने यात्रुलाई समेत कारवाही हुने हुँदा सचेत रहनुहोला ।

विदेशबाट आउनु भएका यात्रुहरु सबैले कन्भेयर बेल्टबाट आफ्नो लगेज तथा अन्य सामानहरु लिइसकेपछि भन्सारमा रहेको सुरक्षा जांच पार गर्नु पर्दछ । यसको लागि ग्रीन च्यानल र रेड च्यानलको व्यवस्था गरिएको हुन्छ । यात्रुहरुले आफुले ल्याएको सामानहरुको आधारमा उक्त च्यानल प्रयोग गर्न सक्दछन् । यात्रु जो संग भन्सार महशुल लाग्ने कुनै सामानहरु छैन, त्यस्ता यात्रुहरुले ग्रीन च्यानल प्रयोग गर्न सक्दछन् भने नियमानुसार भन्सार महशुल लाग्ने सामान बोकेका यात्रुहरुले आफुसंग भएका त्यस्ता सामानहरुको उद्घोष गर्नुका साथै रेड च्यानल प्रयोग गर्नुपर्दछ । यदि नियमानुसार भन्सार महशुल लाग्ने सामान लिएर ग्रीन च्यानल प्रयोग गरेको पाईएमा त्यस्ता सामानहरु जफत गरिनेछ ।

नेपाली वा विदेशी नागरिकले वैदेशिक यात्राबाट नेपाल आउँदा आफ्नो साथमा विदेशी मुद्रा अमेरिकी डलर ५ हजार वा सो बरावरको अन्य परिवर्त्य विदेशी मुद्रा ल्याउन सकिने छ । सो भन्दा बढी मुद्रा साथमा ल्याउनु भएको छ भने अनिवार्य रुपमा भन्सारमा स्वघोषणा (सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम गर्नु पर्दछ ।

नेपाली नागरिकले नेपालबाट भारत बाहेक अन्य मुलुक जाँदा राहदानी बापत प्रतिपटक प्रतिव्यक्ति अमेरिकी डलर २५०० वा सो बरावरको अन्य परिवत्र्त्य विदेशी मुद्रा सम्मको सटही सुविधा दिन सकिने छ । तर यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने छ । थप जानकारीको लागि नेपाल राष्ट्र बैकको वेबसाइट https://www.nrb.org.np/contents/uploads/2023/07/EXMD Circulace 01.2080.81.pdf बाट जानकारी प्राप्त गर्न सकिने छ ।

विदेशी नागरिकले नेपालबाट अन्य मुलुक जाँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बरावरको अन्य विदेशी मुद्रा भन्दा बढी नगदै साथमा लैजान पाउने छैन, तर नेपाल फर्कदा भन्सार स्वघोषणा गरि ल्याएको सिमाभित्रको रकम लैजान बाधा पर्ने छैन ।

भन्सार सम्बन्धि विस्तृत जानकारीको लागि नेपाल सरकार , भन्सार विभागको वेबसाईट https://www.customs.gov.np/ मा Login गर्नुहोस ।


विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलको विभिन्न स्थानहरुमा नियमित तथा चार्टड उडानहरुको प्रस्थान र आगमन हुने समय र स्थान सहितको विवरण टेलिभिजनको स्किनमा देखाईएका हुन्छन् । उक्त स्क्रीनहरुबाट प्रस्थान र आगमन हुने विमानहरुको जानकारी प्राप्त गर्न सकिन्छ । सम्बन्धित वायुसेवा कम्पनिमा प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सकिन्छ । साथै यस बारे थप जानकारी लिन अन्तर्राष्ट्रिय तर्फ टेलिफोन नं. +९७७-१-४११३१६३ र आन्तरिक तर्फ टेलिफोन नं. +९७७-१-४११३२९९ मा सम्पर्क गर्नुहोस वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट https://www.tiairport.com.np/all-flight मा Log in गर्नुहोस ।

यसको लागि विमानस्थलमा रहेको टर्मिनल ड्युटी कार्यालयमा लिखित गुनासो गर्नुहोस । आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईनेछ । लिखित गुनासो E-mail द्वारा पनि पठाउन सकिनेछ । यसको लागि planstat@tairport.com.np मा mail गर्नुहोस वा कार्यालयका वेवसाईट https://www.tiairport.com.np/ मा गई गुनासो पठाउन पनि सकिनेछ ।

यात्रुले लगेज प्राप्त नभएको, हराएको वा टुटफुट भई प्राप्त भएको अवस्थामा सामान लिने क्षेत्र छोड्नु अगावै सम्बन्धित वायुसेवा कम्पनीको कर्मचारी वा नेपाल वायुसेवा निगमको Lost & Found काउण्टरमा तुरुन्तै सम्पर्क गरी जानकारी गराउनु पर्दछ । लगेज नपाएको वारेमा सम्बन्धित वायुसेवा कम्पनीको कर्मचारी वा नेपाल वायुसेवा निगमले लगेज प्राप्त हुना साथ सम्बन्धित यात्रुलाई सम्पर्क गरी जानकारी गराउनेछन । हराएको वा टुटफुट भई प्राप्त भएको लगेजको सम्बन्धमा यात्रुले क्षतिपूर्तिको लागी सम्बन्धित वायुसेवा कम्पनीमा दावि गर्न सक्नेछन । नेपाल वायुसेवाको हकमा यात्रुले NAC Customer services Department मा अनुरोध गर्न सक्नेछन । यदि यात्रा विमा ( Travel Insurance) गर्नु भएको छ भने व्यागेज बुझ्ने स्थानमा प्राप्त गरेको Report को साथ सम्बन्धित विमा कम्पनिमा सम्पर्क गर्नुहोस ।

विमानस्थलमा रहेको Lost & Found Unit मा सम्पर्क गर्नुहोस अथवा टेलिफोन नं. +९७७-१-४११३१६३ मा टेलिफोन गर्नुहोस । तपाईले lost found@tiairport.com.np मा Mail गरि खबर गर्न पनि सक्नुहुन्छ । थप जानकारीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाईट http://www.tiairport.com.np/lostandfound मा Log in गरि हेर्नुहोस वा फोन +९७७-१-४११३१६३ मा सम्पर्क गर्नुहोस् ।


वेबसाईट https://tia.immigration.gov.np/
फोन: +९७७-१-४११३०४५

वेबसाईट: https://customs.gov.np/tia/
इमेल:tia@immigration.gov.np
फोन: +९७७-१-४४७०३८२

>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको वेबसाइट:https://www.tiairport.com.np/
>अन्तर्राष्ट्रिय तर्फ टर्मिनल ड्यूटी अफिस टेलिफोन नं. +९७७-१-४११३१६३
>आन्तरिक तर्फ टर्मिनल ड्यूटी अफिस टेलिफोन नं. +९७७-१-४११३२९९
>कुनै पनि गुनासो वा प्रतिक्रियाको लागि: https://www.tiairport.com.np/contact-tia मा जानुहोस र आफ्नो विचार राख्नुहोस ।
>फेसबुक पेज: https://www.facebook.com/tiairport/
>ट्वीटर (एक्स): TIA, Kathmandu @TIACAO2

Menu